झापा । 

झापाको मेचीनगर नगरपालिका वडा नम्बर दुईलाख ७० हजार रुपैयाँ बराबरको सुपारी र ४८ हजार ६०० रुपैयाँ मूल्य बराबरको कपडा नियन्त्रणमा लिएको छ । 

मेचीनगर– १० खयरडाँगीका शेखर खड्काको घरमा सुपारी राखिएको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले ९ बोरा ४५० केजी  सुपारी नियन्त्रणमा लिएको हो । 

उक्त सुपारी कसको हो भनेर प्रहरीले घर धनिलाई सोधपुछ गर्दा थाहा नभएको बताएपछि प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियो ।

त्यसैगरी झापा मेचीनगर नगरपालिका वडा नं.१० स्थित निन्दा पुल नजिकैबाट ईलाका प्रहरी कार्यालय धुलाबारीको प्रहरी टोलीले विभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा बुधवार (आज) ४८ हजार ६०० रुपैयाँ बराबरको कपडा नियन्त्रणमा लिएको छ । 

भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको साडी ७४ पिस, कुर्ता सुरुवाल २० पिस, सल ४ पिस कपडा प्रहरीले बरामद गरेको हो ।  नियन्त्रण गरिएको सुपारी र कपडा आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।