झापा।

झापाको कमल गाउँपालिका वडा नम्बर ५ स्थित राजमार्गमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मंगलबार साँझ  सवा ७ बजे  BR11AP 4141 नम्वरको कारले बिपरित दिशाबाट आउँदै गरेको मे।१प ४६४४ नम्वरको मोटरसाईकललाई ठक्कर दिई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक कमल गाउँपालिका–४ का  ६७ बर्षीय डोरप्रसाद खनाललाई उपचारको लागि लैजाने क्रममा उनको  बाटोमै मृत्यु भएको हो ।

ठक्कर दिने कार र चालक बिराटनगरका ३१ बर्षीय रुस्तम उप्रेतीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।