झापा । 

ईलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले काठ र दुई जना ब्यक्तिसहित ट्याक्टर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका वडा नं.४ का ट्याक्टर चालक २४ बर्षिय सविन बिश्वकर्मा र सोहि ट्रयाक्टरमा सवार सोही स्थानका ३६  बर्षिय धनाहाङ लिम्बू रहेका छन् । 

प्रहरीले मे.१ त.६५३८ नम्बरको ट्रयाक्टरमा सखुवा जातको गोलिया काठ १६ थान ५८.२२ क्यु फिट लोड भएको अवस्थामा फेला पारेको थियो । 

झापाको बुद्धशान्ति गाउँपालिका वडा नं. ६ शान्तिनगरस्थित ज्यामिरे सामुदायिक वनमा काठ चोरी निकासी भएको विशेष सुचनाको आधारमा प्रहरी टोलीले सोमवार काठ र उनीहरुलाई ट्याक्टरसहित नियन्त्रणमा लिएको हो । 

 नियन्त्रणमा लिएको काठ, ट्याक्टर र उनीहरुलाई आवश्यक कार्बाहिको लागि डिभजन वन कार्यालय भद्रपुर झापामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।