अर्जुनधारा । 

झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र अर्जुनधारा जलेश्वर धाममा साउनको अन्तिम सोमवार (आज) भक्तजनको घुइचो लागेको छ । पूर्वको पशुपति नाथले समेत परिचित अर्जुनधारा जलेश्वर धाममा भक्तजनहरुको घुइचो लागेको हो । जलेश्वर धाम सञ्चालक समितिले भक्तजनहरुलाई दर्शन सहजताका लागि बिभिन्न उपसमिति निर्माण घुइचोलाई ब्यवस्थापन गरेको थियो । 

त्यसैगरी बिभिन्न सामाजिक संघ/संस्थाले भक्तजनहरुलाई निःशुल्क प्रसाद, पानीलगायतका सामाग्री वितरण गरेका थिए । श्री छठ युवा फ्रन्ट बिर्तामोडले झापाको अर्जुनधारा जलेश्वर धाममा निशुल्क प्रसाद वितरण गरेको छ । 

धाममा सोमबार(आज) दर्शानार्थी भक्तजनहरुलाई निशुल्क महाप्रसाद वितरण गरेको श्री छठ युवा फ्रन्ट बिर्तामोडका अध्यक्ष दिपक साहले जानकारी दिए ।  केहि बर्षदेखि साउन महिनाको सोमबारको दिन  सामाजिक उत्तरदायित्व बहन गर्दै श्री छठ युवा फ्रन्टले सामाजिक कार्य गर्दै आएको पनि अध्यक्ष साहले बताए । 

करीब ३ हजार बढी जलार्पण गर्न आएका भक्तजनहरुले फ्रन्टले वितरण गरेको हलुवा, खिर, तरकारीलगायतका प्रसाद ग्रहण गरेको कार्यक्रमका संयोजक अमरजित साहले जानकारी दिए ।  सोमबार बिहानैदेखि फन्ट्रले आयोजना गरेको प्रसाद वितरण कार्यक्रममा संघका अध्यक्ष, कार्यक्रम संयोजकसहित अभिषेक सर्फ, आशिस सोनी, विजय शाह, रोशन चौधरी, दिपचन शाह लगायतको उपस्थिति रहेको थियो । 

यसअघि पनि संस्थाका पदाधिकारीले ब्यक्तिगत तबरले बिभिन्न सामाजिक कार्य गर्दै आएको फ्रन्टका जनसम्पर्क अधिकारी दिपचन साहले बताए । सोहि कार्यक्रममा पतान्जल योग समिति नेपाल अर्जुनधारा समितिले पनि समन्वय गरेको जनाइएको छ ।

त्यसैगरी रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनले पनि अर्जुनधारा जलेश्वर धाममा निःशुल्क पानी वितरण गरेको छ । आज साउन महिनाको अन्तिम सोमबार दशर्नार्थी भक्तजनलाई निशुल्क पानी वितरण गरेको हो । 

सामाजिक उत्तरदायित्व अन्तरगर्त संस्थाले यस अघि पनि यस्तै किसिमका कार्यहरु गर्दै आएको रोट्याक्ट क्लब अफ बिर्तामोड मिडटाउनका अध्यक्ष जितेश अग्रवालले जानकारी दिए । संस्थाले मन्दिर क्षेत्रमा उत्पादन हुने फोहोर व्यवस्थापनका लागि डस्वीन पनि वितरण गरेको उनले बताए । 

उत्सवमा रोट्याक्ट भन्ने नारासहित भक्तजनलाई पानी तथा चिया वितरण गरिएको र करीब २ हजार बढीले ग्रहण गरेको संस्थाले जनाएको छ ।