बुट्टाबारी । 

महेश्वरी महिला मञ्च मेची र पुजा कलेक्शन बिर्तामोडले बिद्यालयका आमा समुहलाई कपडा तथा खाद्यान्न बितरण गरेको छ । महेश्वरीले जुनकीरी सार्वजनिक आधारभूत बिद्यालय अर्जुनधाराका ११ का २५ जना आमाहरुलाई  प्रोत्साहन स्वरुप कुर्था सुरुवाल, साडी पेटिकोट हस्तान्तरण गरेको हो । 

नियमित आफ्ना नानिहरुलाई बिद्यालयमा समयमा ल्याउने लाने नानिहरुको भबिश्यप्रति सचेत आमाहरू र बिद्यालयलाई सहि सल्लाह सुझाव दिने अभिभावकहरुलाई टि–सर्ट समेत बितरण गरिएको हो । त्यसैगरी आउँदो भदौ महिनामा सरस्वती मन्दिर समेत महेश्वरी महिला मञ्च मेचीले निर्माण गरिदिने अध्यक्ष रिता चित्तलाङियाले बताइन् । 

सदैव सहयोग गर्ने महेश्वरी महिला मञ्च र पुजा कलेक्सन बिर्तामोडलाई बिद्यालयको उन्नतिप्रगति र विद्यार्थी अभिभावकलाई प्रोत्साहन गरेकोमा जुनकीरी बिद्यालय तथा बन्दी सहायता नेपालको तर्फबाट अध्यक्ष जगतबहादुर मगरले धन्यवाद  व्यक्त गरेका थिए ।  

कार्यक्रमका प्रमुख अतिथि देवलक्ष्मी कृषि सहकारी अर्जुनधाराका अध्यक्ष नरेन्द्र खड्काले सराहनीय कार्य गरेको भन्दै मञ्चप्रति आभार व्यक्त गरे । कार्यक्रममा मञ्चकी सुधा तोसनिवाल, सहकारीका सचिव हरि भण्डारी लगायतले शुभकामना राखेका थिए । स्वागत सस्थाकी कोषाध्यक्ष अम्बिका गुरुङ्गले गरेका कार्यक्रमको  सहजीकरण प्रधानाध्यापक रन्जित परियारले गरेका थिए ।