सुरुङ्गा ।

झापाको मध्य भागबाट नियमित रुपमा प्रकाशन हुँदै आइरहेको कनकाई साप्ताहिक नवौं बर्षमा प्रवेश गरेको छ । झापाको सुरुङ्गा क्षेत्रबाट नियमित रुपमा अनलाईन संकरण सहित प्रकाशित हुँदै आइरहेको कनकाई साप्ताहिक यस क्षेत्रकै पहिलो अखबार र अनलाईन संकरण हो । 

पत्रिका प्रेस काउन्सिलबाट ‘क’ बर्गमा बर्गिकृत हुँदै आएको छ । पत्रिका र अनलाईन संस्करण नवौं बर्षमा प्रवेश गरेसँगै पत्रिकाका सम्पादक प्रकाशक लीलाराज झापालीले आगामी यात्रामा पाठक सामु अझ नौला र ज्ञानवद्धक सुचना र समाचारहरु पस्कने प्रतिवद्धता जनाएका छन् । 

पत्रिका र अनलाईन नवौं बर्ष प्रवेशको अवसरमा सम्पादक प्रकाशक झापालीले सम्पूर्ण पाठक, विज्ञापनदाता, सहयोगी संघ संस्थाका प्रतिनिधि लगायातमा धन्यावाद तथा आभार कृतज्ञता ज्ञापन गरेका छन् । आगामी दिनमा श्रव दृश्य सहितका डिजिटल सामाग्रीका साथमा पत्रिकालाई समेत थप परिस्कृत बनाउदै लैजाने झापालीले प्रतिवद्धता जनाए।