सुनसरी ।

 सुनसरीको सप्तकोशी नदीमा पानीको बहाव बढेर खतराको सतह पार गरेपछि ब्यारेजका सबै ढोका खोलिएका छन्।

आइतबार राति पानीको सतह बढेपछि ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। पानी खतराको तहभन्दा माथि पुगेपछि ब्यारेजका सबै ढोका खोलिएको हो । 

त्यसैगरी सप्तकोशी आसपासका सर्वसाधारणलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ। अहिलेसम्म कुनै क्षतिको विवरण नआएको बताइएको छ ।