बिर्तामोड।

नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

ईलाका प्रहरी कार्यालय अनारमनीको आयोजनामा  आईतबार  मुक्तिचौकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन इलाका प्रहरी कार्यालय अनारमनीका  प्रहरी नायव उपरीक्षक (डिएसपी) सुरज कार्कीले गरेका थिए । 

नेपाल रेडक्रस सोसाईटी बिर्तामोड उपशाखाको प्राविधिक सहयोग रहेको यस कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, समाजसेवी र प्रहरी गरि ४७ जनाले रक्तदान गरेका छन् ।  

ईलाका प्रहरी कार्यालय अनारमनीले रक्तदान लगायत समयानुकूल लागुपदार्थ तथा अवैध तस्करी, साईबर क्राईम आदि विषयमा जनचेतनामुलक कार्यक्रमहरुसमेत  गर्दै आएको छ ।