अर्जुनधारा ।
अविरल बर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण झापाको अर्जुनधारा नगरपालिकाको पुल भासिएको छ । शनिवार रातीदेखि परेको अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीले पुल भासिएको हो।
पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माइ जोड्ने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आइतबार साँझ पुल भासिएको हो। पुल भासिएपछि सवारी साधान आवात–जावतमा रोक लगाइएको छ।
पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको छ । अहिले पानी रोकिए पनि जुनसुकै बेला पुल भत्कन सक्ने अवस्थामा पुगेको छ । पुल मर्मतका लागि बजेट विनियोजन गरिएको भए पनि मर्मत सम्भारमा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।