दमक ।
झापाको दमक नगरपालिका वडा नं. २ भाङबारीबाट प्रतिबन्धित लागूऔषध र नगद सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दमक–२३ का बर्षिय पुजन दुलाल र दमक–७ का २१ बर्षिय सचिन मगर रहेका छन् ।
घर तथा कोठामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगर बिक्री वितरण भइरहेको भन्ने विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले शनिवार राती ९ः३० बजे उनीहरुलाई पक्राउ गरेको हो ।
दुलालको घर तथा कोठामा प्रहरीले जोजतलास गर्दा दमक ७ छितिज टोलका मगरलाई शरिर तथा कोठा तलासि गर्दा उनीहरु बसेको कोठाबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर ४ ग्राम ३०० मिलिग्राम, डिजिटल तराजु १ थान, मोवाईल ३ थान र नगद १ लाख २३ हजार ९०० रुपैयाँ समेत फेला परेको प्रहरीले जनाएको छ ।
उक्र सामाग्रीसहित नियन्त्रण गरिएका दुवै जनालाई ईलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान कार्यभइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।