बिर्तामोड ।
विर्तामोड नगर स्काउटले आयोजना गरेको एकदिने तालीम महेन्द्र रत्न माविमा सम्पन्न भएको छ ।
नगरमा स्काउट सञ्चालित विद्यालयहरुबाट ११ वटा ट्रुपहरु एमिटी, विराटज्योती, विराट आधारभूत, देवी, दुर्गा, इडेन गार्डेन, कञ्चनजङ्गा, मनकामना, मोहनमाया, महेन्द्र रत्न, नवोदय फनमिन तथा कनकाई नगरपालिकाको १ ट्रुप माउन्ट अन्नपूर्ण गरि जम्मा १२ वटा ट्रुपहरुबाट २२ छात्र २२ छात्रा गरि ४४ जनालाई तालिम दिइएको थियो । तालीम १० बजेदेखि ४ बजेसम्म ६ घण्टा चलेको थियो ।
नानीहरूलाई ट्रुप सञ्चालन विधि, ब्याज सिस्टम, मार्च पास, ड्रम बजाउने तरिका, नटिङ्ग जस्ता विषयवस्तुमा सहायक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठको नेतृत्वमा स्काउट माष्टरहरु तथा ‘विर्तामोड ओपन स्काउट कृयू’ का रोभर रेन्जरहरुले सहजीकरण गरेको नगर स्काउट तदर्थ समिति संयोजक निकुञ्ज शर्माले बताए ।