- चन्द्र बस्नेत
कनकाई ।
झापाको कनकाई नगरपालिका वडा न १ र ७ मा रहेको कनकाई विहानी क्लबद्वारा सन्चालित विहानी महिला समुहको अध्यक्षमा इन्दिरा भुजेल (मन्जु) तथा सचिवमा सुरेखा शर्मा घिमिरेलाई सर्वम्मत चयन भएका छन् ।
आज शनिबार कनकाइ विहानी क्लब भएको दोस्रो साधरणसभा तथा प्रथम अधिवेशनबाट सर्वसम्मत रुपमा अध्यक्षमा निवर्तमान कोषाध्यक्ष भुजेलको नेतृत्वमा ११ सदस्यीय सन्चालक समिति चयन गरिएको हो।
समितिको उपाध्यक्षमा गायत्रा विमली उप्रेती, सचिवमा घिमिरे, सह–सचिवमा उषा भुजेल (मनु) र कोषाध्यक्षमा तुलसा थापा चयन भएको निर्वाचन समितिका सयोजक समेत रहेका कनकाई विहानी कल्वका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए ।
त्यस्तै सदस्यमा बन्दना खड्का, कृष्णमाया ढकाल, लक्ष्मी भुजेल, सुश्मा भट्टराई (बस्नेत) पुजन बस्तोला र छनी हस्दा सर्वसम्मत चयन भएको निर्वाचन समितिका सदस्य लोकनाथ उप्रेतीले जानकारी दिए।
त्यस्तै निवर्तमान अध्यक्ष रिता उप्रेतीको सम्योजकत्वमा ७ सदस्यीय सल्लाहकार समिती समेत चयन पनि गरिएको छ। सल्लाहकार समिति सदस्यमा निर्मला बस्नेत, पबित्रा बस्नेत, गिता कार्की बस्नेत, जानुका सिटौला, पिङला पौडेल र सुशिला बस्नेत रहेका निर्वाचन समितिका सदस्य चुडामणि ढकालले जानकारी दिए ।
त्यस्तै दुर्गादेवी ओलिकोसंयोजकत्वमा ३ सदस्यीय लेखा समिति समेत चयन गरिएको छ । सदस्यमा दुर्गादेवी तिम्सिना र रेणुका भुजेल रहेका छन् । २०७३ वैशाखबाट सन्चालनमा आएको उक्त समुहले यसअघिको सम्पुर्ण शेयर सदस्यहरुको शेयर, बचत र ब्याज बापतको मुनाफासहित वितरण गरि सकेको जनाएको छ । समिति पुनर्निर्माणसँगै ५५ जनाको शेयर सदस्यहरु रहेको समुहमा संकलित रकम सोही शेयर सदस्यहरुलाइ ऋण स्वरुप लगानी गरेको नव निर्वाचित अध्यक्ष भुजेलले जानकारी दिइन् । कनकाई विहानी क्लबका अध्यक्ष तथा निर्वाचन समिति संयोजक बस्नेतले महिला समुहको उदेश्य, लक्ष र योजनाका साथै समुहगत रुपमा रहदाको सदस्यहरुलाइ हुने फाइदा तथा उपलब्धिका बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रममा भृकुटी बचत तथा रिण समुहका अध्यक्ष लोकनाथ उप्रेती, श्री शिदेस्वर शिव पन्चायन मन्दिरका सचिव चुडामणी ढकाललगायतले बोलेका थिए । शेयर सदस्य दुर्गादेबी ओलिले स्वागत गरेको कार्यक्रमको सन्चालन समुह शेयर सदस्य तथा सहजीकरण महिला समुहकि सचिव निर्मला बस्नेतले गरेकी थिइन् । कार्यक्रममा पहिलो सत्रमा रिता उप्रेती र बन्द सत्रपछि दोश्रो सत्रमा नव निर्वाचित इन्दिरा भुजेल (मन्जु) को अध्यक्षता रहेको थियो ।