बिराटनगर।
कोशी प्रदेश कार्यालय बिराटनगरमा एक कार्यक्रमको आयोजना गरी आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
संगठन प्रमुख प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर र कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला बीच आर्थिक बर्ष २०८०/०८१ को बार्षिक कार्य सम्पादन सम्झौताको बुँदामा आधारित रही आव २०८०/०८१ को लागि प्रदेश प्रहरी प्रमुख बास्तोला तथा कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखका साथै प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश सशस्त्र प्रहरी गण रानी, बिशेष सुरक्षा प्रहरी गण दुहबी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, नेपाल प्रहरी प्रदेश अस्पताल बेलबारी, प्रदेश बिपद व्यवस्थापन गुल्म चन्द्रगढी र नेपाल पुलिस स्कुल धरानका प्रहरी प्रमुखहरु बिच कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
यस सम्झौता बमोजिम आफुले गरेका कार्यहरुको त्रैमासिक, अर्धबार्षिक र बार्षिक रुपमा कार्य प्रगति बिवरण प्रतिबेदन तयार गरी कोशी प्रदेश प्रहरी कार्यालयमा पठाउनु पर्नेछ ।