झापा । 

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने थप दुई जना डाक्टरलाई पक्राउ परेका छन् । अपरेशन ‘फक्सट्रट चार्ली’ अन्तर्गत काठमाडौंस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरी पक्राउ परेका हुन् ।

 प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शिल्पकारलाई बिहीबार राती नै काठमाडौंदेखि पक्राउ गरिएको र चौधरीलाई मोरङबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक  नवराज अधिकारीले जानकारी दिए ।अधिकारीका अनुसार चौधरीले मोरङमा आफ्नै निजी क्लिनिक सञ्चालन गर्दै आएका थिए ।

शिल्पकार र चौधरी पक्राउ परेसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पक्राउ पर्नेहरुमा त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा अमित चौधरी, महोत्तरीका डा रञ्जितकुमार यादव, डा एरिना शाह र रौतहटका डा रामबाबु यादव रहेका छन् ।

सीआईबीले बिहीबार नै नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पनि एमबिबिस पढ्नका लागि आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बुझाएको आरोपमा पक्राउ गरिसकेको छ ।