झापा ।
झापाबाट जबरजस्ती करणी उधोग मुद्दामा फरार रहेका एक जना प्रतिबादी पक्राउ परेका छन् । झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले आइतवार पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा तेह्रथुम साबिक ओख्रे गाबिस.वडा नम्बर २ घर भई हाल बुद्धशान्ति गाउँपालिका वडा नं.२ बस्ने ५१ बर्षिय थापा भन्ने हस्त बहादुर दर्जी रहेका छन् ।
झापा जिल्ला अदालतको मिति २०७९/०१/०८ गतेको फैसला अनुसार जबरजस्ती करणी उधोग मुद्दामा फरार रहेका प्रहरीले पक्राउ गरी फैसला कार्यन्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो ।
दर्जीलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
फरार दर्जीलाई १ बर्ष ६ महिना कैद २५ हजार जरिवाना र पिडित राहत कोषमा २५ हजार रुपैयाँ जम्मा गर्नुपर्ने फैसला भएको थियो ।