झापा ।
झापाको दमकबाट अवैध औषधि र तीन जनालाई स्कुटरसहित प्रहरीले पक्राउ गरेको छ ।दमक नगरपालिका वडा नं. ७ पशुहाटबाट बिना ईजजात औषधीहरु धेरै परिणाममा बिक्री बितरण भईरहेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकको प्रहरी टोलीले उनीहरुलाई स्कुटरसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा दमक नगरपालिका वडा नं. ७ का २६ बर्षिय दिपेश खड्का, दमक–६ का ३३ बर्षिय रोशनकुमार साह र इलामको साबिक दानाबारी गाबिस वडा नं. ७ घर भई हाल दमक–८ बस्ने २६ बर्षिय संजिव सुबेदी रहेका छन् ।
उनीहरुलाई फेला पारी चेकजाँच गर्दाउनीहरुको साथबाट Tramadol Hydrochloride capsul IP ८५६० क्यापसुल, Spaspain Tablets ७००० ट्याबलेट फेला परेकोले निजहरुले प्रयोग गरिरहेको प्र १–०१–०१२ प ८५३५ नं. को स्कुटि समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनीहरुलाई आवश्यक कार्वाहीको लागि आइतवार औषधि व्यवस्था विभाग कार्यालय विराटनगर पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।