झापा । 

झापाको दमक नगरपालिका वडा नं.१ बाट अबैध काठसहित एक जनालाईलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ  पर्नेमा दमक–१ स्थित सुकुम्वासी टोलमा गौरव फर्निचर सञ्चालन गर्ने गोकुल घिमिरे रहेका छन् । 

उक्त फर्निचरमा अवैध काठ रहेको भन्ने बिशेष सुचनाको आधारमा अस्थाई प्रहरी पोष्ट फाल्गुनन्दबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा सखुवा र सिसौ जातको अन्दाजी २० क्यु.फिट चिरान काठ फेला परेकोले फर्निचर संचालक  घिमिरे समेतलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएका घिमिरेलाई  आवश्यक कार्वाहीको लागि वन कार्यालय बेलडांगी दमक झापामा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।