उदयपुर।
उदयपुरको त्रियुगा नगरपालिका-१० स्थितमा मोटरसाईकल दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।
हिजो बेलुका साढे ९ बजे प्रदेश १-०२-०४४ प ८८९३ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घट्ना हुदा घाईते भएका मोटरसाईकल पछाडि सवार त्रियुगा- ६ जलजले का २५ बर्षीय सुदिप चौधरीको उपचारको क्रममा जिल्ला अस्पताल उदयपुरमा मृत्यु भएको हो भने घाईते भएका चालक त्रियुगा- ६ का २२ बर्षीय पंकज चौधरी र २७ बर्षीय मुकेश चौधरीलाई थप उपचारको लागि बिराटनगर लगिएको छ ।
घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान भईरहेको छ ।