झापा ।
झापाका साप्ताहिक पत्रकारहरु भेलाले राजु पाठकको अध्यक्षतामा ११ सदस्यीय साप्ताहिक पत्रिका सञ्जाल झापा गठन गरेको छ ।
समितिको उपाध्यक्षमा रामप्रसाद निरौला, सचिवमा झुलन रेग्मी र कोषाध्यक्षमा अनुषा चुडाल रहेका छन् । त्यस्तै सदस्यमा दिपक अधिकारी, विष्णु पौडेल, डम्बर बराल, सेलिङ केसी, लीला राई, तीर्थ तिम्सिना, इशा प्रधान रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष राजु पाठक संयोजक रहेको मस्यौदा समितिको सदस्यमा राजबाबु शंकर, रेजिना गौतम, इन्दु पूर्वेली र लेखनाथ शिवाकोटी रहेका छन् । अग्रज पत्रकार लेखनाथ शिवाकोटीको अध्यक्षतामा भएको भेला शनिवार (आज) मेचीनगर–९ स्थित खुट्टीडाँगी भएको हो । कार्यक्रमको सञ्चालन झुलन रेग्मीले गरेका थिए ।
झापाबाट हाल २४ वटा साप्ताहिक पत्रिका नियमित रुपमा प्रकाशन हुँदै आएका छन् ।