बिराटनगर । 

सुनसरीको इटहरी उपमहानगरपालिका–२० सेउती पुल नजिक भएको घटनामा संलग्न रहेका थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत साउन  ५ गते ईटहरी–२० स्थितमा बिराटनगरका २८ बर्षिय रोहित चौधरीलाई गोली प्रहार गरी लुटपाटमा संलग्न रहेका मध्ये थप पक्राउ पर्नेहरुमा भद्रपुर नगरपालिका– १ झापा घर भई हाल धरान उप–महानगरपालिका–८ मा बस्दै आएका ३० बर्षिय प्रकाश लिम्बु र बिराटनगर महानगरपालिका–१५ का ४१ बर्षिय अजय कुमार शर्मा रहेका छन् । 

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, नेपाल प्रदेश प्रहरी कार्यालय धरान, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय इटहरीबाट परिचालन भएको संयुक्त टोलीले २ जनालाई बिहीवार पक्राउ गरेको हो । पक्राउ परेका शर्मा घटनामा प्रयोग भएको हतियार बेचबिखनमा संलग्न रहेका र लागुऔषध मुद्दामा ४ बर्ष ८ महिना कैद भुक्तान गरी ४ महिना अगाडि छुटेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

घटनामा संलग्न लेटाङ नगरपालिका–१ का ३५ बर्षीय दिपक तिमिल्सिना र धरान–१० का ३४ बर्षीय अनसन तामाङलाई श्रावण १६ गते नै पक्राउ गरिएको थियो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय इटहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।