झापा ।

 झापाको भद्रपुर नगरपालिकामा स्थितचन्द्रगढीमा अवस्थित झापा कारागारका कैदीबन्दीहरु कारागारभित्र आगजनी गरेको छन् । आन्दोलित कैदीबन्दीहरुले कारागारभित्र आगजनी गरेका हुन् ।

कारागारमा रहेका कैदी मनोज लावतीलाई सुनसरीको झुम्का कारागार सरुवा गर्ने निर्णयको विरोधमा कारागारका कैदीवन्दीहरु आन्दोलनमा उत्रिएका छन् । कैदीबन्दीहरुले कारागारभित्र नारावाजी गरिरहेका छन् ।

कारागारभित्रबाट धुँवाको मुस्लो उडिरहेको देखिन्छ । भित्रको अवस्था भने थाहा हुन सकेको छैन ।भद्रपुर, मेचीनगर र विर्तामोडको दमकल आगो निभाउने प्रयास गरिरहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको ठूलो संख्यामा कारागार परिसर बाहिर तैनाथ गरिएको छ । अन्य जानकारी आउन बाँकी छ ।