झापा । 

युरोपेली मुलुकमा बैदेशिक रोजगारीमा पठाइदिने बहाना बनाएर लाखौं रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  नेदरल्याण्ड पठाउन ६ जनाबाट ४४ लाख ५० हजार रुपैयाँ लिएको आरोपमा महोत्तरीका कपिल बर्मा र पोल्याण्ड पठादिन्छु भन्दै ठगी गरेको आरोपमा पाल्पाका पुरण अल्मालीलाई प्रहरीले पक्राउ गरेको हो । 

 बर्मालाईले महिनाको दुई लाख रुपैयाँ कमाइ हुने र नेदरल्याण्ड जान १२ लाख रुपैयाँ लाग्ने बताएर सो रकम उठाएको प्रहरीले जनाएको छ ।अल्मालीले धनन्जय चौधरीलाई रोजगारीका लागि पोल्याण्ड पठाउन ८ लाख लाग्ने र त्यहाँ पुगेपछि होटलमा काम लगाइदिने भन्दै एक लाख २० हजार रुपैयाँ लिएर फरार भएको प्रहरीले जनाएको छ ।

वैदेशिक रोजगार विभागले अदालतबाट अनुमति लिएर दुवै जनालाई थुनामा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।