बिराटनगर ।

धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधबार धनकुटाको धनकुटा नगरपालिका–१ हिले स्थितमा प्रहरी चौकी हिले र ईलाका प्रहरी कार्यालय पाख्रीबासको प्रहरी टोलीले चेकजाँचको क्रममा २ ग्राम ५ सय ६० मिलिग्राम ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा स्थानीय ३१ बर्षीय राजेश तामाङ, २९ बर्षीय बिनोद घिमिरे, २५ बर्षीय फुर्वा तामाङ, २६ बर्षीय पदम न्यौपाने, २७ बर्षीय युवराज बिक र पाख्रीबास–३ का २५ बर्षीय सरोज तामाङलाई नियन्त्रणमा लिएको छ । त्यस्तै सुनसरीको ईटहरी उप–महानगरपालिका–६ बाट ईलाका प्रहरी कार्यालय ईटहरीको प्रहरी टोलीले ईटहरी–६ मा  होटल सञ्चालन गरी बस्दै आएका ४० बर्षीय सुनिल चौधरीलाई २ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।