बिर्तामोड ।
नारी सञ्चार गृह झापाले मोवाइल पत्रकारिता (मोजो) सम्बन्धी एकदिने तालिम बिहीबार (आज) बिर्तामोडमा गरेको छ । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले तालिमको उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका गिरीले प्रत्येक ब्यक्तिको हातमा मोवाइल भएपनि अधिकांशले सामाजिक सञ्जाल चलाउन र फोन उठाउन मात्रै प्रयोग गरिरहेको बताए । उनले अहिलेको प्रबिधिसँगै मोबाइलको बहुउपयोग आवश्यक रहेको बताए ।
प्रत्येक नागरिकमा मोवाइलको पहुँच पुगेसँगै पत्रकारिताको ट्रेन परिवर्तन भएको उनको भनाई थियो । अध्यक्ष गिरीले अहिले सबैले पठनीय सामग्री मात्र नभई भिडियो सामग्रीतर्फ पाठकको रुची बढी देखिएको बताए । पत्रकारिताको विकासमा नारी सञ्चार गृहले महत्वपूर्ण भूमिका खेलेको चर्चा गर्दै उनले पत्रकारहरुको पेशागत क्षमता अभिबृद्धिमा तालिम महत्वपूर्ण हुने बताएका छन् ।
तालिममा पत्रकार गणेशमान मुखियाले भिडियो कसरी खिच्ने, आम पब्लिकमाझ सार्वजनिक गर्नुअघि सम्पादन एवं मिक्सिङ कसरी गर्ने जस्ता विषयमा सहजीकरण गरेका थिए ।
नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब ३० जना प्रशिक्षार्थी जनाको सहभागीता रहेको थियो । स्वागत तथा औचित्यमाथि प्रकाश कार्यक्रमकी संयोजक सञ्जु शिवाकोटी पारेको कार्यक्रमको सञ्चालन गृहकी सह–सचिव जोस्ना श्रेष्ठले गरेकी थिइन् ।