काँकरभिट्टा ।
झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ पूर्व पश्चिम लोकमार्ग स्थित भन्सार गेट अगाडि चेकिंङ गर्ने क्रममा २ लाख ७० हजार ३५० रुपैयाँको सामाग्री फेला परेको छ । भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याउँदै गरेको सामान प्रहरी र भञ्सार कार्यालयले बुधवार पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र मेची भन्सार कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले WB19L6161 नम्बरको सिलिगुडीदेखि काठमाडौ चल्ने बसलाई चेक जाँच गर्दा बेवारिसे अवस्थामा फेला परेकोले नियन्त्रणमा लिएर मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गाडी छोप्ने कभर २३ पिस, सुटकेस ग्लोप १ प्याकेट, जुत्ता ९ जोर, चपल ३ जोर जिन्स पेन्ट १ पिस, सर्ट ३ पिस, नाईटि १२ पिस, ट्राउजर १ पिस, लेडिज ब्याग ३ पिस, हाफपेन्ट १८ पिस, जम्पट १ पिस, भेष्ट ५ पिस, विजुली तार ५ रोल, गाडीको हर्न ३७ पिस, गाडीको Air pro ६ पिस र कमोडल १ काटुन गरी २ लाख ७० हजार ३५० रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रण गरिएको प्रहरीले जनाको हो ।