बिराटनगर।

कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा सञ्चालित तीन दिने  मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।

श्रावण १५ गते बाट शुरु भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक देखि प्रहरी जवान सम्मका ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको थियो । 

प्रहरी बरिष्ठ उपरिक्षक जयराज सापकोटाको प्रमुख आतिथ्यमा समापन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा प्रशिक्षण प्रदान गरिएको थियो ।

उक्त तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकाश तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि  प्रदान भएको छ  ।