झापा ।
झापा मेचीनगर नगरपालिका वडा नम्बर १३ स्थित चारआली चोकबाट प्रहरीले बुधवार (आज) ६१ बोरा सुपारीसहित एउटा पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी चौकी चारआलीको प्रहरी टोलीले पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को १ च.८९६७ नम्बरको पिकअप गाडीलाई शंका लागेर चेकजाँच गर्दा भिसिटीएस बिल नभएको अन्दाजी २८५० किलोग्राम १० लाख ८३ हजार रुपैयाँ बराबरको सुपारी नियन्त्रण लिएको हो ।
फेला परेको सुपारी र उक्त पिकअप गाडी ५ लाख रुपैयाा मूल्य बराबरको गरी जम्मा १५ लाख ८३ हजार रुपैयाँ बराबरको प्रहरीले निन्त्रणमा लिएको छ ।
पिकअप गाडी चालक मोरङको उर्लाबारी नगरपालिका वडा नं.७ का १९ बर्षिय आकाश धिमाललाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्वाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरीस्थित सुनसरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।