झापा ।
देशिक रोजगार विभागले आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका लागि सबै प्रक्रियाबाट ७ लाख ७१ हजार ३ सय १७ जना नेपाली विदेशिएको जनाएको छ ।
विभागले गत आर्थिक वर्ष २०७९/८० मा वैदेशिक रोजगारीका लागि बिदेशिएका कामदारको अन्तिम विवरण सार्वजनिक गरेको छ ।
सरकारले विश्वका १ सय १० मुलुकमा नेपाली कामदार वैदेशिक रोजगारीका लागि पठाउन पाउने गरी खुला गरेको भएपनि म्यानपावर कम्पनीहरूले २२ मुलुकमा मात्रै नेपाली कामदार पठाउँदै आएका छन् ।
गत आर्थिक वर्षमा मलेशियामा सबैभन्दा धेरै नेपाली कामदार गएका छन् । उक्त मुलुकमा ६ हजार २ सय ७६ जना महिलासहित २ लाख १९ हजार ८२ जना पहिलोपटक म्यानपावर कम्पनीबाट गएका छन् । पुनः श्रम स्वीकृति तथा व्यक्तिगत भिसामा गरी मलेसिया २ लाख ५९ हजार ५ सय ९४ जना गएका छन् । साउदीमा १ दाख १२ हजार ७ सय ७७ जना गएकोमा म्यानपावर कम्पनीमार्फत जानेको संख्या ५५ हजार ६ सय २४ जना रहेको छ । म्यानपावर कम्पनीमार्फत साउदीमा मासिक ५ हजार मात्रै गएका छन् ।
कतारमा समग्रमा १ लाख ३३ हजार २ सय ६२ जना गएको कतारमा म्यानपावर कम्पनीमार्फत ३३ हजार ६ सय २९ जना मात्र गएका छन् । यूएईमा गत आर्थिक वर्ष ४३ हजार ७ सय ४० नयाँ र रिइन्ट्रीलगायतका प्रक्रियाबाट १ लाख १६ हजार १ सय ५९ जना गएका छन् । कुवेतमा ७ हजार ९ सय १ महिलासहित २८ हजार ९ सय ४२ जना नयाँ कामदार गएका छन् । सबै प्रक्रियाबाट कुवेत जानेको संख्या ४३ हजार ५ सय ७ जना रहेको छ ।
खाडी र मलेसियापछि युरोपेली मुलुक रोमानिया, मरिसस, ओमान, बहराइन, माल्दिभ्स, मकाउ, जोर्डन, इजरायल, क्रोएसिया, साइप्रस, ब्रुनाई, अल्वानिया, उजवेकिस्तानमा संस्थागत रूपमा नेपाली कामदार गएका छन् ।