झापा । 

झापाबाट  बिभिन्न मितिमा फरार रहेका तीन जना प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । जबरजस्ती करणी, सरकारी छाप दस्तखद किर्ते र बालयौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा जबरजस्ती करणी मुद्दाका मेचीनगर नगरपालिका वडा नं.१० का परिबर्तित नाम ‘ए’, सरकारी छाप दस्तखद किर्ते मुद्दाका कनकाई नगरपालिका वडा नं.४ का सुसन चुडाल र बालयौन दुरुपयोग मुद्दाका मेचीनगर नगरपालिका वडा नं.९ का सांकेतिक नाम ‘क’ रहेका छन् । 

झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला अनुसार फरार रहेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरी सोमवार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको हो । 

सांकेतिक नाम ‘ए’ लाई झापा जिल्ला अदालतको मिति २०७०/०३/१३ गतेको फैसला अनुसार जबरजस्ती करणी मुद्दामा ६ महिना कैद, चुडाललाई अदालतको मिति २०७२/०३/०१ गतेको फैसला अनुसार सरकारी छाप दस्तखद किर्ते मुद्दामा १ बर्ष कैद ५० रुपैयाँ जरिवाना सांकेतिक नाम ‘क’ लाई अदालतको मिति २०७८/०९/०१ गतेको फैसला अनुसार बालयौन दुरुपयोग मुद्दामा १ बर्ष कैद, तथा पिडितलाई ५० हजार रुपैयाँ क्षतिपुर्ति दिलाई भराई दिनुपर्ने  फैसला भई फरार रहँदै आएका थिए । 

तीनै जनालाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।