बिराटनगर ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरमा तीन दिने मनोसामाजिक विमर्श अभिमुखिकरण तालिम सञ्चालन भएको छ । श्रावण १५ गतेबाट शुरु भएको उक्त तालिममा कोशी प्रदेश प्रहरी कार्यालय तथा अतरगत रहेका प्रहरी कार्यालयका अपराध अनुसन्धान, महिला तथा वालवालिका सेवा केन्द्रमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि प्रहरी जवानगरी ३० जना प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।
प्रहरी नायव उपरिक्षक विनोदकुमार सुनुवारको प्रमुख आतिथ्यमा सञ्चालन भएको तालिममा मनोविमर्शकर्ता स्वस्तिका पोखरेलले सहभागी प्रहरी कर्मचारीहरुलाई मनोसामाजिक परामर्श सम्बन्धि बिभिन्न बिषयमा शिक्षण प्रदान गर्दैछिन् ।
उक्त तालिमले सहभागी प्रहरी कर्मचारीहरुमा मनोसामाजिक समस्याबारे बुझ्न सक्ने क्षमताको बिकास तथा मनोसामाजिक विमर्श दिन सक्ने क्षमता अभिवृद्धि प्रदान गर्ने विश्वास गरिएको छ ।