झापा ।

झापाको मेचीनगरमा भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मेचीनगर –१३ कालीझोडा सडकमा शनिवार (आज) भएको सवारी दुर्घटनामा बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठको मृत्यु भएको छ ।

 मे ५ प २१८० नम्बरको स्कुटरलाई प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअप गाडीले शनिबार बिहान ठक्कर दिँदा स्कुटर चालक घाइते भएका थिए । 

दुर्घटनामा गम्भीर घाइते उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापााले जनाएको छ । तिब्र गतिका कारण दुर्घटना भएको बताइएको छ ।