झापा । 

पशु सेवा विभागका अनुसार देशभर लम्पी स्किन रोगबाट ५० हजार पशु मसिरकेका छन् । विभागको पछिल्लो तथ्यांकअनुसार, कोशी प्रदेशमा ५ हजार ४२, मधेसमा १ हजार ७ सय, वाग्मतीमा ३ हजार ४७६, गण्डकीमा २ हजार २९५, लुम्बिनीमा ४ हजार, कर्णालीमा ८ हजार ७०३ र सुदूरपश्चिममा २५ हजार ६१० पशुको मृत्यु भएको छ ।  

विभागले दिएको तथ्याङ्क अनुसार देशभर कुल १० लाख ८८ हजार पशु संक्रमित भएका थिए । ती मध्ये  ७ लाख ८९ हजार निको भए र २ लाख ४८ हजार संक्रमित अवस्थामा छन् । ५० हजार ८२६ गाईगोरु, बाच्छाबाच्छी, राँगाभैंसी तथा पाडापाडी मरिसकेका छन् । 

प्रभावित पशुको उपचारको लागि संघ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरिएको 

विभागले जनाएको छ ।  खोप आपूर्तिका लागि आयात अनुमति प्रदान गरिएको छ । आगामी आर्थिक वर्षका लागि प्रत्येक स्थानीय तहमा यो महामारी नियन्त्रणका लागि संघीय सशर्त अनुदान अन्तर्गत १ लाखका दरले रकम विनियोजन समेत गरिएको छ ।