बिर्तामोड।
प्रेस सेन्टर नेपाल झापाले भाबी कार्ययोजनाका बिषयमा बिहीवार (आज) बिर्तामोडमा छलफल गरेको छ । बिर्तामोडमा भएको संगठनको बिस्तारित बैठकमा विविध बिषयमा छलफल गर्दै संगठनको भावी कार्ययोजना निर्माण गरेको हो ।
राजु पाठकको अध्यक्षतामा भएको बिस्तारित बैठकमा संगठनले बिगतमा गरेको कार्ययोजनाको समिक्षासहित भाबी कार्यायोजनाका बिषयमा बृहत छलफल गरेको थियो । संगठनलाई चुस्त, दुरुस्त र चलायमान बनाउन भावी कार्ययोजना निर्माणको बिषयमा समेत व्यापक छलफल भएको थियो । उपस्थिति बत्ताहरुले प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुलाई प्रबिधिमैत्री बन्न र प्रबिधिको उच्चतम प्रयोग गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकले डिकेश लामाको नेतृत्वमा राजु बराल र पार्थ मण्डल सदस्य रहेको तालिम तथा प्रशिक्षण उपसमिति, लिलाराज झापालीको संयोजकत्वमा प्रकाश उप्रेती र भेषराज नेपाल सदस्य रहेको अनुशासन उपसमिति, प्रकाश उप्रेती संयोजकत्वमा आइपी भट्टराई र भोला तिम्सिना सदस्य रहेको आर्थिक उपसमिति र झुलन रेग्मीको संयोजकत्वमा उद्धव पुरी र पुजन आचार्य सदस्य रहेको संगठन सुदृढीकरण उपसमिति गठन गरेको छ ।
बैठकमा सहभागी प्रदेश सदस्य तथा नेपाल पत्रकार महासंघ झापाका सचिव डिकेश लामाले पत्रकारहरुले प्रविधिको प्रयोगमा जोड दिनु पर्ने बताए । आफुलाई समयानुकूल बनाउँदै प्रविधिसँग साक्षात्कार गर्न सकेमात्र अगाडी बढ्न सकिनेमा लामाले जोड दिए ।
सेन्टरका केन्द्रीय सचिव तथा पत्रकार महासंघ प्रदेश समिति कोषाध्यक्ष विमल लामिछानेले बैठकमा उठेका सवालहरुमा आफ्ना धारणा राख्नुका साथै प्रश्नको जवाफ दिएका थिए । उनले संगठनलाई मजबुद बनाउन सबैले अनुशासन पालनामा ध्यान दिनुपर्ने धारणा राखे । झापाको संगठन एक ढिक्का भएर अगाडी बढेको भन्दै लामिछानेले खुशी व्यक्त गरे ।
सोही कार्यक्रमकाबिच अक्षयकोष निर्माणका लागि प्रदेश सदस्य आइपी भट्टराईले एघार हजार एक सय एघार हजार उपलब्ध गराउने घोषणा गरे । कार्यक्रमको सहजीकरण सचिव पुष्प खड्काले गरेका थिए ।