झापा ।

महोत्तरी गाउँपालिका–२ मा रहेको एनएमबी बैंकको शाखामा गत जेठ १६ गते लुटपाट गर्ने गिरोह मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बैंकमा लुटपाट गर्ने समुह मध्येका भारत बिहार राज्य जिल्ला मधुवनी पोष्ट फुलहर टोल गोपालपुर १३ हरलाखी टोलका २० वर्षिय अजय कुमारलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

गत जेठ १६ गते दिउँसो नम्बर नभएको दुईवटा मोटरसाइकलमा आएका ४/५ जनाको हतियारधारी समुहले कर्मचारी तथा सेवाग्राहीलाई हतियार देखाएर १५ लाख १ हजार ४९३ रुपैयाँ र कर्मचारीका मोबाइल लुटेका थिए ।

पक्राउ परेका अजयमाथि हातहतियार र चोरी डाकाँ शीर्षकमा मुद्दा दर्ता गरी जिल्ला अदालत महोत्तरीबाट हिरासतमा राख्ने सात दिनको म्याद लिएर  अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनापछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त अनुसन्धान टोलीले घटनाको वस्तुगत र वैज्ञानिक अनुसन्धान गर्दै घटनामा संलग्न भएका ४/५ जना व्यक्तिको पहिचान खुलेको प्रहरीले जनाएको छ ।