बिराटनगर।

मोरङ र झापाका छुट्टा छुट्टै स्थानहरुबाट अबैध लागू औषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।  बिराटनगर महानगरपालिका–१६ हुलास चौकबाट  भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री झापाको कमल गाउँपालिका–६ का बिबेक ग्वालालाई  शंकास्पद अवस्थामा फेला पारी चेकँजाच गर्दा उनको साथबाट लुपिजेशि, एभिल, फेनारागन र डाइजोपाम गरी जम्मा २६ एम्पुल  लागू औषधी फेलापारी नियन्त्रणमा लिएको हो ।

त्यसैगरी ईलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ रत्नचोकबाट स्थानीय २१ बर्षीय शैलेस गुरुङलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट १ ग्राम १ सय मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो ।

त्यसका साथै लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका–४ भद्रपुर रोड स्थितबाट १ ग्राम १ सय मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित स्थानीय २५ बर्षीय रबी चौधरी, १९ बर्षीय प्रियान्स साह र २४ बर्षीय विशाल बिकलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनीहरुको सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक कानूनी कारबाही प्रकृया भईरहेको प्रहरीले जनाएको छ ।