झापा ।
वैदेशिक रोजगार विभागले जापान इन्टरनेशनल ट्रेनिङ कोअपरेशन अर्गनाइजेसन (जिट्को) अन्तर्गत एकसय ४२ वटा म्यानपावर सुचिकृत रहेको बिबरण सार्वजनिक गरेको छ ।
सन् २०२४ जनवरी २१ तारेखसम्म जिट्को अन्तर्गत सूचीकृत भइ अध्यावधिक रहेका म्यानपावर कम्पनीको सूची सार्वजनिक गरेको हो । आगामी फेब्रुअरी २१ तारेखसम्म १ सय ४२ संस्था जिट्कोअन्तर्गत सूचीकृत रहेको विभागले जनाएको छ ।
प्रशिक्षार्थी कामदार जापान पठाउन पाउने भएपछि शुरुमा करिब साढे दुई सय म्यावापर कम्पनी सूचीकृत भएका थिए । विभागमा सूचीकरण हुने तर जापानमा कामदार पठाउन नपाउने भएपछि धेरै म्यानपावर कम्पनीहरुले जिट्कोतर्फको लाइसेन्स नवीकरण गराउन छोड्दै आएका छन् ।
विभागले गत हप्ता एक सूचना जारी गर्दै साउन १५ गतेभित्र निवेदन दिएका म्यानपावर कम्पनीको मात्र जिट्को लाइसेन्स नवीकरण हुने बताएको थियो ।