झापा । 

नारायणगढ–मुग्लिन सडक पहिरो खस्दा अवरुद्ध भएको छ ।  इच्छाकामना गाउँपालिका–४ स्थित कालिखोलामा मंगलबार (आज) बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो । 

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार सो सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन् ।

उनका अनुसार पहिरो पन्छाउने क्रम शुरु गरिएको छ । पानी परिरहेकाले पहिरो पन्छाउन कति समय लाग्ने भन्न सकिँदैन अवस्था नरहेको जनाइएको छ । 

फाइल तस्बीर