झापा ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको नयाँ नेतृत्वका लागि जुलाई ३० तरिखमा निर्वाचन हुने भएको छ । बिगत लामो समयदेखि एनआरएनए पोर्चुगलको विभिन्न समितिमा रहेर निरन्तर काम गरि राखेका युवराज खनालले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
खनालले आफ्ना बिभिन्न प्रतिवद्धतासहित उम्मेदवारी दिएर प्रचार प्रसारलाई तिव्र बनाएका छन् । हालका कोषाध्यक्ष समेत रहेका खनालले आगामी २०२३–२५ को कार्यकालका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्दै प्रचारप्रसारलाई तिब्र पारेका हुन् । उनको उम्मेदवारीलाई अन्य आकांक्षी भन्दा बलियो रुपमा एनआरएन पोर्चुगलमा लिइएको छ ।
खनाल विशेष गरी युवाहरूको माझमा लोकप्रिय उम्मेद्वारका रुपमा मानिन्छन् । नेपाली समुदायप्रति उत्तरदायी रहेर सेवामूलक काम गर्ने भएकाले आफूलाई पोर्चुगलवासी गैरआवासीय नेपालीहरूको साथ मिल्ने उनको विश्वास छ ।
विगत लामो वर्षदेखि पोर्चुगलमा बस्दै आएका उनी सामाजिक कार्यमा समेत आबद्ध रहेका छन् । उनले रोजगारी गुमाएर बसेका, बिरामी परेका, कानूनी तथा प्रक्रियागत झन्झटमा रहेका नेपालीहरूलाई सहयोग गर्दै आइरहेका छन् ।
विदेशको भूमिमा रहेका श्रमजीवीहरूको समस्या पहिचान ठोस गरी समाधान गर्ने नेतृत्व लिनका लागि आफूले उपाध्यक्ष पदमा उमेदवारी दिएको उनले बताए । पोर्चुगलमा यही जुलाई ३० तारिख नवौ राष्ट्रिय महाअधिवेशन हुँदैछ। नेतृत्व चयनका लागी करिब २ हजार ५०० सदस्यहरु मतदानमा सहभागी हुँदैछन्। खनालले आफ्ना बिभिन्न ७ सुत्रिय प्रतिवद्धता सार्वजनिक गर्दै निर्वाचन प्रचारप्रसारलाई तिब्र पारिरहेका छन् ।