झापा ।
झापाबाट एक जना फरार प्रतिबादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका वडा नं.१ का ५५ बर्षिय चित्र बहादुर पृथ्वीबहादुर कार्की रहेका छन् । झापा जिल्ला अदालतको मिति २०७८/१२/१० गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा फरार रहेका प्रतिबादी कार्कीलाई शुक्रवा पक्राउ गरी शनिवार फैसला कार्यन्वयनकोलागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
फरार प्रतिवादी कार्काीलाई २ महिना कैद २ हजार जरिवाना र दुई सय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो । कार्कीलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।