हल्दिबारी । 

झापाको हल्दिबारीमा रहेको ध्रुवतारा बहुउद्वेश्य विधुत उपभोक्ता समितिका ग्राहक मध्ये  लामो समयदेखि बिद्युत महशुल नवुझाउने ग्राहकहरूको बिधुत लाईट काटेको छ।

समितिले पटक पटक पत्रचार तथा सार्बजनिक सूचना जारी गरी  अनुरोध गर्दा पनि अटेरगरि विधुत महशूल नवुझाउने उपभोक्ता ग्राहकहरूको विद्युत लाईन काटिएको जनाएको छ। 

शनिबार (आज) १५ घरको बिधुत लाईन काटिएको संस्थाका अध्यक्ष धनकेशर बस्नेतले जानकारी दिए । उनले यस्ता अरू ग्राहकहरूको समेत लगाएर काट्दै जाने कार्य तालिका रहेको उनले बताएका छन् । संस्थामा जम्मा एक हजार तीनय घरधुरी सदस्य रहेका छन् भने बिधुत महसुस भुक्तानी नगर्ने सदस्य संख्या  करिब १ सय ५० रहेको बताइएको छ।

उपभोक्ताले १२ सयदेखि १ लाख रुपैयाँसम्म महसुल बुझाउन बाँकी रहेको र समितिले उल्टै बिद्युत प्राधिकरणलाई जरिवानासमेत बुझाउनु पर्ने भएकोले आजदेखी लाइन काटन शुरु गरेको समितिले जनाएको छ ।