बिर्तामोड । 

युवा ब्यवसायी निर्मल भट्टराई र सुमित्रा बस्नेत भट्टराईकी छोरी एन्जिलाले आफ्नो जन्मदिन अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रमा मनाएकी छिन् । 

एन्जिलाले अर्जुनधारा–६ स्थित कप्तानबारीमा रहेको सरोकार केन्द्रमा आश्रित ११ जना अपाङ्ग  बालबालिकालाई नगदसहित मिठाई, कपी, पेनसिललगायत सामाग्री सहयोग गर्दै जन्मोत्सव मनाएकी हुन् । 

उनले शनिवार (आज) २५ औं जन्मोत्सव प्रवेशका अवसरमा सरोकार केन्द्रमा आश्रित आपाङ्ग बालबालिकासँग केक काटेर मनाइन् । एन्जिलाले सरोकार केन्द्रका सञ्चालक कृष्ण दुलाललाई नगर ५ हजार एकसय रुपैयाँ प्रदान गरेकी छिन् । आफ्ना मातापिताको प्रेरणाले पनि सामाजिक कार्य गर्न आफु प्रेरित भएको उनको भनाई छ । 

उनले हालसालै  स्नातकोत्तर अध्ययन सकेर आफ्ना पिताको ब्यवसायमा सहयोग गर्दै आएकी छिन् ।  उनले जन्मदिनमा गरिने फजुल खर्च कटौती गर्दै सरोकार केन्द्रको दहनीय अवस्था थाहा पाएपछि अपाङ्ग बालबालिकालाई सहयोग गरेको बताइन् ।

सो अवसरमा उनका पिता निर्मल, आमा सुमित्रा, भाई एसविन भट्टराईको सहभागीता रहेको थियो । उनका मातापिता बिभिन्न सामाजिक संघ/संस्थामा आवद्ध रहेका छन् ।