मेचीनगर।
भारतलगायतका देशबाट आयातित एक सय रूपैयाँ भन्दा बढीको सामानको अनिवार्य रूपमा भन्सार शुल्क बुझाउन नियम लागु गर्नुपर्ने सहभागीले जोड दिएका छ्न् ।
शुक्रबार मेचीनगर नगरपालिकामा आयोजित सर्वपक्षिय छलफलमा बोल्दै सहभागीले समान लिएर नेपाल प्रवेश गर्दा भन्सार शुल्क अनिवार्य लागू गर्नुपर्नेमा जोड दिएका हुन् ।
कोशी प्रदेश सभा सदस्य गोपाल तामाङ्गले सरकारले भन्सारमा देखिएको बिकृतिलाई रोक्दै सरकारलाई सहयोग गर्न शुल्क लागु गर्नुपमा जोड दिए । भन्सारको उद्देश्य भनेको तस्करी रोक्नु हो, त्यसैले भन्सार शुल्क अनिवार्य बुझाउने व्यवस्था कडाईकासाथ लागू हुनुपर्छ–प्रदेश सभा सदस्य तामाङको भनाई थियो ।
कार्यक्रममा मेचीभन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले सरकारी नीतिअनुसार एक सय रूपैयाँ भन्दा बढीको सामानको भन्सार शुल्क लिन शुरू गरिएको बताए ।
छलफलमा मेची उद्योय वाणिज्य संघका अध्यक्ष खेम प्रसाईले सरकारले लागू गरेको व्यवस्था कार्यान्वयनका लागि व्यवसायीले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । आयात गरिएको समान बजारमा पठाउँदा विवरण खुलाएर स्टिकर टाँस्नुपर्ने व्यवस्था कार्यान्वयमा थोरै समस्या भएपनि सरकारी पक्षले सहयोग गरे त्यसलाई पनि पूर्ण कार्यान्वयन गर्ने सकिने अध्यक्ष प्रसाईंको भनाई थियो ।
मेचीनगरकी कार्यवाहक प्रमुख मिना उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान नगरप्रमुख बिमल आचार्य, काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क समितिका अध्यक्ष डिल्लिराम घिमिरे, ईलाका प्रहरी काँकरभिट्टा र शसस्त्र प्रहरी काँकरभिट्टाका प्रमुख, राजनीति दलका स्थानीय प्रमुखहरू लगायतले भन्सार नाका व्यवस्थित गर्न सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।