झापा । 

झापाको गौरादह नगरपालिका वडा नं. १ का स्थानियको रकम हिनामिना गरेर फरार रहेका एक ब्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । 

स्थानीयको रकम हिनामिना गरी गत असार १४ गतेदेखी सम्पर्क बिहिन भएका गौरादह नगरपालिका वडा नं.१ का ५१ बर्षिय सोमराज बिकलाई पक्राउ गरिएको  हो । 

स्थानियहरुको जाहेरी अनुसार गत असार २४ गते ठगी मुद्दामा मुद्दा दर्ता भई फरार रहेका बिकलाई स्थानिय जनप्रनिधि र प्रहरीको बिशेष समन्वयमा बिहीबार पक्राउ गरिएको छ ।

फरार बिकलाई बिहीवार साँझ काँकरभिट्टा क्षेत्रबाट पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।