बिर्तामोड । 

सिमान्तकृत पत्रकार महिलाहरुको क्षमता बिकास सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी झापाको बिर्तामोडमा शुरु भएको छ ।  सञ्चारिका समुह नेपालको आयोजना तथा सञ्चारिका समुह झापाको संयोजनमा दुई दिने पत्रकारिता तालिम तथा सम्मान कार्यक्रमको बिहीवार (आज) बिर्तामोडमा उद्घाटन भएको हो ।

सञ्चारिका समुह नेपालकी अध्यक्ष बिमला तुम्खेवाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगरले गोष्ठीको उद्घाटन गरेकी हुन् । 

कोशी प्रदेश भरीका बिशेष गरी महिला पत्रकारहरुलाई लक्षित गरी तालिम तथा सम्मान कार्यक्रमको आयोजना गरेको समुहकी झापा अध्यक्ष लीला अनमोलले जानकारी दिइन् । 

sancharika

समुहकी झापा अध्यक्ष अनमोलले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै स्वागत गरेको कार्यक्रमको सञ्चालन समुहकी कोषाध्यक्ष सविना सुब्बाले गरेकी थिइन् । तालिम तथा गोष्ठीमा ४० जनाको सहभागीता रहने समुहकी झापा सचिव अनुषा चुडालले बताइन् । 

उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा अध्यक्ष एकराज गिरी, उपाध्यक्ष केशव भट्टराई, झापाका पत्रकार जन्य संघ/संगठनका प्रमुख तथा प्रतिनिधिलगायतको बाक्लो उपस्थिति रहेको थियो ।