दुर्गापुर ।
झापाको कनकाई नगरपालिका–७ स्थित दुर्गापुरमा बिहीबार (आज) बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्गापुर चोकस्थित पुर्व पश्चिम महेन्द्र राजमार्गमा भएको सवारी दुर्घटनामा परि एक युवा कुमार दर्जीको मृत्यु भएपछि भएको तनावग्रस्त स्थितिको भिडियो खिचिरहेका पत्रकार सिएम शर्मामाथि दुव्र्यहार भएको छ ।
बिर्तामोडका युवा पदम श्रेष्ठले दुर्घटनापछिको दुर्गापुर सडक क्षेत्रको रिर्पोटिङको क्रममा भिडियो बनाइरहेका पत्रकार शर्माको मोवाईल जबरजस्ती खोसेका थिए ।
पत्रकार शर्माको मोवाइल खोसेपछि स्थानीयको दवावपछि केहिबेरमा श्रेष्ठले मोवाइल फिर्ता दिएका थिए । यसैविच भिजिलान्ते शैलीमा पत्रकार शर्माको मोवाईल खोस्ने श्रेष्ठलाई कडा भन्दा कडा कार्वाही .का लागि पत्रकारजन्य संघसंस्थाले जोडदार माग गरेका छन् ।
पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापालीले पत्रकारमाथि भएको चरम दुव्र्यहारको जतिनै शब्दमा निन्दा गर्दा पनि कम हुने भन्दै यस्ता खाले गलत हर्कतका विरुद्धमा पत्रकार महासंघ सदैव लागि पर्ने बताएका छन् ।
दोसीउपर उचित कार्वाहीको प्रक्रिया अगाडि नवढाएमा सशक्त आन्दोलन गरिने समेत झापालीले बताए । त्यसैगरि प्रेस सेन्टर झापा, कनकाई सुरुङ्गा प्रेस क्लव लगायतका संघ संस्थाले समेत दोसी उपर कार्वाहीको माग गरेको छन् ।
कनकाई सुरुङ्गा प्रेस क्लवका अध्यक्ष रामप्रसाद निरौलाले प्रहरीकै अगाडि पत्रकारको मोवाईल खोसिनु र उनलाई प्रहरीले संरक्षण गर्नुले आशंका उत्पन्न गराएको बताउँदै जोकोही पनि घटनामा सामेल व्याक्तिलाई कडा भन्दा कडा कार्वाहीको माग गरेका छन् ।