झापा ।
उच्च अदालत विराटनगर इलाम ईजलास र झापा जिल्ला अदालतको बिभिन्न मितिको फैसला भएर फरार भएका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उच्च अदालत विराटनगर इलाम ईजलासको फैसला अनुसार वैकिङ कसुर मुद्दाका कनकाई–३ का ४८ बर्षिय फुर्वा साङ्वो शेर्पा, झापा जिल्ला अदालतको फैसला अनुसार सवारी ज्यान मुद्दाका बाह्रदशी –३ का २५ बर्षिय सद्दाम हुसेन र चेक अनादर मुद्दामा झापा जिल्ला अदालत र उच्च अदालत बिराटनगर ईलाम ईजलासको फैसला अनुसार बैंकिङ कसुर मुद्दाका दमक–७ का ४८ बर्षिय भिमकुमार श्रेष्ठ छन् ।
शेर्पा उच्च अदालत विराटनगर इलाम ईजलासको मिति २०७८/१२/०२ गतेको फैसला अनुसार वैकिङ कसुर मुद्दामा १० महिना कैद तीन् लाख, जरिवाना १२ हजार रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भएर फाररा भएका थिए ।
हुसेन झापा जिल्ला अदालतको मिति २०७६/०९/१७ गतेको फैसला अनुसार सवारी ज्यान मुद्दामा १ महिना कैद २ हजार जरिवाना फैसला भई फरार रहेका थिए ।
त्यस्तै श्रेष्ठ चेक अनादर मुद्दामा झापा जिल्ला अदालतको मिति २०७३/०३/१४, सोही मुद्दामै झापा अदालतकै मिति २०७५/०३/२ फैसला अनुसार दुइ पटक गरेर ४ हजार जरिवाना र उच्च अदालत बिराटनगर ईलाम ईजलासको मिति २०७९/०८/२१ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा १० दिन कैद, १ हजार ५० हजार रुपैयाँ जरिवाना र ६ हजार पिडित राहत कोषमा जम्मा गर्नु पर्ने फैसला भई फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएका तीनै जनालाई मंगलबार फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराएको र अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।