मेचीनगर ।
आम नागरिको जीवनमा परिवर्तन आउने खालका गतिविधि नगरेको जनाउँदै युवा नागरिक समाज मेचीनर कमिटीले मेचीनगर पालिकालाई ध्यानाकर्षण गरेको छ। उसले नागरिकसग समन्वय गर्दै द्रुत गतिमा कार्यसम्पादन गर्न मागसमेत राखेको छ ।
स्थानीय तहको निर्वाचनपछिको १३ महिनाको अवधिमा नगरले नागरिकको दैनिकीमा सकारात्मक प्रभाव पर्ने खालका काम नगरेको भन्दै सोमबार ध्यानाकर्षण बुझाएको हो ।
समुहका अध्यक्ष प्रकाश खड्काको अगुवाईमा नगरपालिका पुगेको टोलीले समसामयिक समस्या तथा समाधानका उपायका बारेमा जानकारीसहित नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका थिए।
सडक मर्मत, ड्रेन, कालोपत्रे, विभिन्न योजनाको डिपिआर, शिलान्यास न्यायसम्पादन, उद्घाटन, गोष्ठी, भ्रमण लगायतका काम हुदैँ आएपनि नागरिकको दैनिकीमा सहज पुग्ने द्रुत गतिमा कार्यसम्पादन नभएको नगरलाई बुझाएको पत्रमा उल्लेख छ ।
मेचीनगर नगरपालिकालाई जोडेर संचारमाध्यममा आएका विभिन्न समाचारको बारेमा सत्यतथ्य छानवनि गरी आम नगरवासीलाई पुष्टि पार्न समेत आग्रह गरेको खड्काले बताए । उनका अनुसार शिक्षण संस्था, स्वास्थ्य, बजार एबम् खानेपानी लगायतमा देखिएका समस्यालाई सामाधान गर्न समेत आग्रह गरेको पत्रमा उल्लेख छ ।