काँकरभिट्टा । 

नेपालको समिानासँग जोडिएको भारतको पानीटंकी बजारमा मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउने भएको छ ।

पानीटंकी न्यू मार्केटमा महेन्द्र कम्पनीका  गाडिहरुको लागि आधिकारीक  स्पेयर पार्टसहरुको शोरुम सञ्चालनमा आउन लागेको हो । 

सिंह मोटर्सको नाममा  गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स् को आधिकारीक शोरुम सञ्चालनमा आउन लागेको सञ्चालक बिक्रम राजवंशीले बताए । भोली मंगलवारबाट शोरुम सञ्चालनमा आउने राजवंशीले बताए । उद्घाटनको अबसरमा पार्टसहरुको खरिदमा १२ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले बताए । 

भारतको पानीटंकीमा सञ्चालमा आउन लागेको सिंह मोटर्स विक्री कक्षबाट मेहन्द्र गाडिहरुको लागि स्पेयर पार्टसहरु तथा लुब्रिकेन्स सहज रुपमा उपलब्ध गराइने सञ्चालक राजवंशीले बताए । नेपाली बजारलाई लक्षित गरि सञ्चालनमा ल्याइएको शोरुमले ग्राहकको मन जित्नेमा आफु विश्वस्त रहेको राजवंशीले बताए ।