• प्रकाश उप्रेती 

झापा  ।

 नेपालमा वर्षेनि ५ लाख महिलाले असुरक्षित रुपमा गर्भपतन गराउने गरेको एक तथ्याङ्कले देखाएको छ । वर्षेनि दश लाख ४८ हजार महिला गर्भवति भएकोमा त्यसको आधाले असुरक्षित गर्भपतन गराउने गरेको तथ्यांकले देखाएको हो । आधा महिलाले जन्मान्तर गराएको जनाएको छ ।

सुरक्षित गर्भपतन, सञ्चारकर्मीको भूमिका र खोज पत्रकारिता विषयमा दमकमा आयोजित अन्तरक्रिया कार्यक्रममा यस्तो तथ्याङ्क प्रस्तुत गरिएको थियो । सो क्रममा स्वीकृति नै नलिएका फार्मेसी–मेडिकल र मान्यता नपाएका डाक्टरले असुरक्षित गर्भपतन गराउने गरेको जानकारी गराएको थियो । फार्मेसी–मेडिकलले गर्भपतन गर्ने खालका औषधि बिक्रीवितरणसमेत पाइदैन, त्यस्ता फार्मेसी÷मेडिकलले खुलेआम बिक्री गर्ने गरेको पाइएको छ । 

कतिपय फार्मेसी–मेडिकल कार्वाहीमा परेका छ्न् । कार्वाही अन्तरगत बिक्रीबितरणलाई रोक लगाइएका औषधि बेचेको थाहा पाएपछि औषधि ब्यवस्था बिभागले ६ महिनासम्म निलम्बन गरेको छ । त्यस्ता औषधि फार्मेसी–मेडिकलले सस्तो र प्रयाप्त कमिशनको लोभमा बिभागले अनुमति नदिएका भारतीय औषधि प्रयोग गर्नेगरेको जानकारी दिइयो । 

‘सुरक्षित गर्भपतन गराउनु अपराध होइन, अधिकार हो’, धरानस्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानका प्रोफेसर डा।श्याम लम्सालले(‘तर असुरक्षित गर्भपतन गराउनु चाहिँ कानुन विपरित र अपराध हो । अहिलेको डेटाले असुरक्षित गर्भपतनको अवस्था भयावह देखाएको छ ।’ नेपालमा सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएको झण्डै दुई दशक बितिसकेको छ । २०५९ बाट मान्यता पाएसँगै २०६० मा सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति बन्यो ।

औषधि व्यवस्था विभागका कर्मचारी टेकेन्द्र मिश्रका अनुसार नीतिगत आधारमा २०७३ देखि सरकारी स्वास्थ्य संस्थाले निःशुल्क सेवा दिँदै आएका थिए । २०७५ सालमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन जारी भएको थियो । २०७७ मा नियमावली बनेर २०७८ मा सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका जारी भई लागू भएको जानकारी दिए ।

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐनले जबर्जस्ती करणी, हाडनाता करणीबाट रहन गएको गर्भ, एचआईभी वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेका महिला र गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्ने वा मानसिक स्वास्थ्य खराब हुन सक्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने अवस्थामा २८ हप्तासम्मको गर्भ शर्तसहित गर्भपतन गर्न सक्ने व्यवस्था गरेको छ ।

ऐन अनुसार गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भपतन गर्न सकिनेछ । यसका लागि महिलाको स्वीकृति आवश्यक छ । कानूनी मान्यता प्राप्त भएपनि गर्भपतनलाई सुरक्षित बनाउन सरकारले पर्याप्त कदम नचालेको सरोकारवालाहरुले बताएका छन् । महिलाहरुले अझै लुकीछिपी रुपमा असुरक्षित तथा गैरकानूनी रुपमा गर्भपतन गर्ने गरेको अध्ययनले औँल्याएको छ । यसमा निर्णयक महिला भन्दा पनि पुरुषको बढी भूमिका हुने गरेको छ ।

सरकारले भने असुरक्षित गर्भपतन घटाउन कोशिश भइरहेको जनाएको छ । तर, सूचीकृत नभएका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरुले असुरक्षित रुपमा गर्भपतन गराएको पाइएको छ ।

दमक अस्पतालका डा. कृष्ण साहका अनुसार अधिकांश परिवारले दुई वटा बच्चालाई प्राथमिकतामा राखेको देखिन्छ । दुईभन्दा बढी बच्चालाई उनीहरूले समस्याको रुपमा लिएको देखियो । दुई वटा बच्चा भइसकेपछि तेस्रो गर्भ बस्यो भने उनीहरुका लागि त्यो अनिच्छुक गर्भ हुने गर्छ । त्यस्तो अवस्थामा उनीहरू गर्भपतन गर्न चाहान्छन् । बच्चा पाउने कुरामा परिवारमा सल्लाह खासै हुँदैन । दुई छोरी हुने परिवारमा भने तेस्रो बच्चाको लागि पनि तयार हुन्छन् । छोरा भइसकेकाहरूले चाहिँ तेस्रो गर्भपतन गर्ने निर्णय गर्दा रहेछन् ।

‘गर्भनिरोधक साधन प्रयोग गर्ने मामलामा पनि दम्पत्तीबीच खासै सल्लाह भएको पाइदैन‘ डा.शाहले भने ‘महिलाहरूले गर्भनिरोधक साधन प्रयोग गर्छन् ।’ धेरैजसोलाई के–कस्तो गर्भनिरोधक साधन हुने रहेछ भन्ने थाहा नै नहुने रहेछ । गर्भनिरोधक साधन कसरी प्रयोग गर्ने भन्ने थाहा नहुँदा उनीहरूको अनिच्छुक गर्भ बस्दो रहेछ । यस्तो स्कुल, कलेजका कम उमेरका महिलाहरुमा धेरै देखिन्छ ।’

नेपालमा ३३ प्रतिशत प्रजनन उमेरका महिलाहरुले मात्र आधुनिक गर्भनिरोधक साधान प्रयोग गर्ने गरेको पाइएको छ । परिवार नियोजनको अपरिपूर्त माग २४ प्रतिशत रहेको छ । ४३ प्रतिशत दम्पतीले मात्र आधुनिक गर्भनिरोधक साधान अपनाउने गर्दछन् । ४८ प्रतिशत महलिालाई मात्र सुरक्षित गर्भपतन सेवाको बारेमा जानकारी छ ।

गर्भपतन पूर्णरुपमा नहुने, बढी रक्तश्राव हुने । ज्वरो आउने र वेहोस हुने । पाठेघरमा(पुरै शरिरमा संक्रमण हुने । मिग्रौला खराव हुने, पाठेघरमा प्वाल पर्न सक्ने । पिसाव थैली(नलीमा प्वाल पर्न सक्ने । आन्द्रमा घाउ हुन सक्ने । आर्थिक भार समेत हुनेछ ।

वंशाणुगत विकृति तथा गर्भवती महिलामा क्रोमजोमको विकृति रहेछ भने पनि गर्भपतन हुन सक्छ । पाठेघरको विकृति भएका पनि गर्भपतन हुसक्छ । जस्तै ःअति सानोे पाठेघर हुनु । पाठेघरको मुख खुकुलो हुनु । पाठेघरको संक्रमण स् जस्तै साइटो मेगालो भाइरस, सिफिलिस, रुवेला, हर्पिस, जस्ता रोगहरुको कारणले पनि गर्भपतन हुनसक्छ ।

कुनै कुनै महिलामा केहि पुरुषको विर्य ग्रहण नर्गनु समस्या हुन्छ । प्राकृतिक रुपमा देखापर्ने यी समस्याका कारण पाठेघरले भूण बाहिर फ्यालि दिन्छ । हर्मनको गडबढीले जस्तै ः मधुमेह, थाइराइड, गलगाँड, ओभरी, अण्डाशय, साल आदिले अनियमित ढंगले हर्मन निकालेमा पनि गर्भपतन हुने सम्भावना हुन्छ । इडियोप्याथिक कारणले पनि गर्भपतन हुनसक्छ । गर्भवती अवस्थामा गहैँ भारी उचाल्न हुँदैन ।

सुरक्षित गर्भपतन सेवा लिने २० वर्षभन्दा कम उमेरका महिलाहरुको संख्या नेपालमा ४ हजार ६२ जनामध्ये कोशी प्रदेशमा ७२७ र झापामा ८४ जना रहेका छन् । शल्यक्रिया मार्फत सेवा लिने २० वर्षभन्दा कम उमेरका नेपालमा २ हजार ५८३, कोशीमा १९५ र झापामा ४७ जना रहेका छन