झापा । 

झापाबाट एक जना  फरार प्रतिबादी पक्राउ परेका छन् । वन्यजन्तु चोरी शिकार गरेको मुद्दामा फरार प्रतिबादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट फैसला कार्यन्वयनको लागि खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । 

पक्राउ पर्ने फरार प्रतिवादीमा झापाको कचनकवल गाउँपालिका वडा नम्बर ३ का २४ बर्षिय सनम टुडु रहेका छन् । प्रतिवादी टुड् झापा जिल्ला अदालतको मिति २०७९/०३/०८ गतेको फैसला अनुसार वन्यजन्तु चोरी शिकार गरेको मुद्दामा फरार रहेका थिए ।

उनलाई पक्राउपछि  फैसला कार्यान्वयनका लागि  झापा जिल्ला अदालत चन्द्रगढीमा उपस्थित गराइएको थियो । उनलाई अदालतको आदेश अनुसार कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

फरार टुड्लाई ६ महिना कैद, १० हजार जरिवाना र चार सय रुपैयाँ पिडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको थियो ।